काठमाडौं: नेपालका चर्चित गायक राजेशपायल राई छोराको पिता बनेका छन्। उनले अहिलेसम्म विवाह गरेका छैनन्। यद्यपी उनी केही समयदेखि साङबुङ राई नामकी युवतीसँग लिभइनमा थिए।
करिब दुई महिनाअगाडि उनीहरुलाई पुत्रलाभ भएको निकटस्थ स्रोतले बतायो । यो खबरलाई राजेशपायलले अहिलेसम्म गोप्य राखेका छन् ।
यो खबरलाई राजेशपायलले अहिलेसम्म गोप्य राखेका छन्। यद्यपी साङबुङले भने राजेश र छोराको तस्बिर सार्वजनिक गरेकी छिन्। राजेशपायलभन्दा साङबुङ २६ वर्ष कान्छी हुुन्। राजेश ४६ वर्षका भए भने साङबुङ मात्र २० वर्षकी छिन्।
दुई महिना अगाडि धुम्बाराहीकाे ह्याम्स अस्पतालमा साङबुङले छोरा जन्माएपछि टिकटकमा एउटा तस्वीर पोष्ट गरेकी थिइन् । लभ इमोजी सहित पोष्ट गरेको उक्त तस्वीर उनले केहीबेरमै हटाइन् । राजेशपायलको दवावमा तस्वीर हटाएको अनुमान गरिएको थियो ।
उनीहरुले विवाह गरिसकेका छन् वा छैनन् भन्ने खुलेको छैन । काठमाडौंको शान्तिनगर र नक्सालमा दुईवटा घर छन् राजेशपायलका । नक्सालको घरमा राजेशले आफ्नी प्रेमिकालाई राखेका छन् ।











