ऋतिकको ‘विक्रम वेधा’ ले कति कमायो?

काठमाडौं: भारतीय बजारमा राम्रो चर्चामा आएका दूई चलचित्र शुक्रबार देखि प्रदर्शन भएको छन् । बलिउड फिल्म ‘विक्रम वेधा’ र बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पीएस १’ पनि प्रदर्शनमा आएको छ।

बलिउड हंगाका अनुसार विक्रम वेधाको पहिलो दिनको १५ करोड ओपनिंग गरेको बताएको छ । राम्रो कमाउने भनि पनि दक्षिण भारतीय फिल्म ‘पीएस १’ले गर्दा विक्रम वेधा असर परेको छ।  विक्रम वेधाले भारतमा २५ % मात्र शो पाएको बताएको छ ।

विक्रम वेधाले चार हजार ५ स्क्रिन देखिएको थियो ।  बलिउडको साख जोगाउने भनिएको विक्रम वेधा पनि आजैबाट रिलिज हुँदैछ। यो फिल्म हुन त यही नामको दक्षिण भारतीय फिल्मको आधिकारिक कपी हो।

तर ऋतिक रोशनको भिलेन अवतार र पछिल्लो समय रुचाइएको सैफ अली खानको पुलिस अवतार हेर्न चाहनेलाई यो राम्रो खुराक हो। फिल्मका निर्देशक गायत्री, पुष्कर हुन्। फिल्म २ घण्टा ३९ मिनेट लामो छ।

यता पीएस १ भने दिग्गज निर्देशक मणि रत्नमले बनाएका हुन्। दक्षिण भारतीय फिल्मका फ्यानहरू त्यसमा पनि मणि रत्नमको सिनेमा शिल्पको फ्यानलाई यो त चाडपर्वको उपहारै जस्तो भएको छ।

त्यसमाथि ठूलो क्यानभास अनि पिरियोडिक ड्रामा। यो विधाको फिल्म त्यसै पनि अहिले सबैभन्दा बढी हेरिने फिल्महरूमा पर्छ। चोला साम्राज्यको कथा भन्ने यस फिल्ममा चर्चित कलाकार विक्रम, कार्थी, जयराम रवि, ऐश्वर्या राय, तृषा कृष्णान् लगायतको अभिनय छ। फिल्म २ घण्टा ५० मिनेट लामो छ।

[sidebar name="button post"]