सन्दीप लामिछाने २० गते काठमाडौं आइपुग्ने

काठमाडौं: नाबालिगमाथि बलात्कारको आरोप लागेका नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू नेपाल आउन लागेको बताएका छन् ।

यही यही अक्टोबर ६ अर्थात् असोज २० गते नेपाल आउन लागेको सामाजिक सञ्जालमा लेखेका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै आफू कानुनी लडाइ लड्न २० नेपाल फर्किने बताएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो स्ट्याटस लेख्दै लामिछानेले ठूलो आशा र शक्तिका साथ नेपाल आउन लागेको र आफूविरुद्धको आरोप विरुद्ध कानुनी लडाई लड्ने उल्लेख गरेका छन् ।

गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्गलको होटलमा  बलात्कार गरेको सन्दीपमाथि आरोप छ । यससँगै जिल्ला अदालतले सन्दीपलाई पक्राउ पुर्जी गरेको छ  । सँगै क्यानले कप्तानबाट निलम्बन गरेको थियो ।

[sidebar name="button post"]