Ad #144479

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्थिक संकटमा फसेको श्रीलंकालाई वित्तीय सहयोग गर्न तयार भएको छ ।

श्रीलंका भ्रमणमा रहेको आईएमएफको टोली र त्‍यहाँका अधिकारीबीच श्रीलंकाली अर्थतन्त्रलाई उकास्न २.९ अर्ब अमेरिकी डलर ऋण दिन सहमत भएको जारी विज्ञप्‍तिमा उल्लेख गरेको छ ।

आर्थिक संकटपछि श्रीलंकामा राजनीतिक संकट चुलिएको थियो । गत असारमा श्रीलंकाका प्रदर्शनकारीले राष्ट्रपति भवनमा कब्जा जमाएका थिए ।