भारतको केन्द्रीय सरकारका दुई मन्त्रीले बुधबार पदबाट राजीनामा

भारतको केन्द्रीय सरकारका दुई मन्त्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रीपरिषद्का सदस्यद्वय मुख्तर अब्बास नाक्भी र आरसीपी सिंहले राजीनामा दिएका हुन् ।

उनीहरू दुबै जना राज्य सभा सदस्य रहेका थिए । उनीहरुको राज्य सभा सदस्यको कार्यकाल बिहीबारदेखि सकिने भएकाले एक दिन अगाडि नै मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

हालै भएको राज्य सभा निर्वाचनबाट धेरै नेता निर्वाचित भएर आएका छन् । भारतको उत्तर प्रदेश, महाराष्ट्र, मध्य प्रदेश र राजस्थानमा राज्य सभा निर्वाचन हालै भएको हो । 

 

[sidebar name="button post"]