चन्द्रगिरि केवलकार बिग्रिँदा फँसेका ४३६ जनाको उद्धार

चन्द्रागिरिको केबलकार बिग्रिँदा भालेश्वर मन्दिरमा फसेका ४३६ जनाको सकुशल उद्धार गरिएको छ।

बेलुका ८ बजेसम्ममा उनीहरूको उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँमा प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए। माथि फसेकाहरुमध्ये १७० जनालाई पैदल हिँडाएर र २६६ जनालाई केवलकार प्रयोग गरी उद्धार गरिएको उनले बताए।

बुधबार दिउँसो केवलकारमा समस्या आउँदा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत चन्द्रागिरि घुम्न गएकाहरु माथि नै अड्किएका थिए। त्यतिबेला बीचमै अड्किएको केवलकार इमर्जेन्सी सेवा सञ्चालन गरेर माथि पुर्‍याइएको थियो।

[sidebar name="button post"]