अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

 बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करकाे दर हेरफेर गरेको आरोप लागेसँगै विवादमा रहेका अर्थमन्त्रीमाथि राजीनामा दिन ठूलो दबाब रहँदै आएको थियो ।

 त्यसमाथि पछिल्लो समय अर्थमन्त्रालयको सीसीटीभी फुटेज मेटाएको विषयलाई लिएर पनि उनी विवादमा तानिएका थिए । 
[sidebar name="button post"]