गठबन्धनमा अलि अलि समस्या आउनु सामान्य हो : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले धरैवटा दल मिलेर बनेको सत्तारुढ गठबन्धनमा केही समस्या देखिनु सामान्य भएको बताएका छन्रु । नेपाल ट्रेड युनियन कांग्रेसको कार्यालय परिसर काठमाडौँमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शालिक मंगलबार अनावरण गर्दै प्रधानमन्त्री देउवाले  एउटै पार्टीमा समेत समस्या हुने भन्दै धेरै दल मिलेर बनेको गठबन्धनमा समस्याहरू आउनु स्वभाविक भएकाले यसलाई ठूलो रुपमा  लिन नहुने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले भने, ‘धनराजजीहरूले पनि भन्नुभयो- गठबन्धनमा समस्या आयो। एउटै पार्टीमा त समस्या हुन्छ भने कुर्सीमा त समस्या हुन्छ नै। यसलाई सामान्य रूपमा लिनुपर्छ। तपाईंहरू प्रधानमन्त्री भएपछि थाहा पाउनुहुन्छ।’

कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले सत्ता गठबन्धनमा समस्या देखिन थालेको बताएका थिए ।

[sidebar name="button post"]