संघीय तथा प्रदेशसभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी : निर्वाचन आयोग

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संघीय तथा प्रदेशसभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आगामी प्रदेश र संघको चुनावको मिति प्रस्ताव गर्न प्रधानमन्त्रीलाई भेटेर छलफल गर्न समय मागिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

प्रदेश र संघको चुनाव एकै चरणमा गर्दा खर्चपनि कम हुने आयोगको विश्लेषण छ । एकै चरणमा चुनाव गर्नेगरी आयोगले सरकारलाई दबाब दिएको छ । सुरक्षा संयन्त्रले भने दुई चरणमा चुनाव गर्दा सजिलो हुने राय दिएको छ ।

 ‘आगामी प्रदेश र संघको चुनाव गर्न प्रधानमन्त्रीज्यूसँग समय मागेका छौँ ।  थपलियाले कात्तिक ३० गते वा मंसिरको पहिलो साता मिति प्रस्ताव गर्ने तयारी गरिएको बताए ।  कात्तिक महिनामा तिहार र छठ भएकाले मंसिर पहिलो साता चुनाव गर्न सुझाव आएको बताइएको छ ।
[sidebar name="button post"]