इन्डोनेसियामा डुंगा समुन्द्रमा डुब्दा १५ जना बेपत्ता

इन्डोनेसियाको आरफुरा समुन्द्रमा डुंगा डुब्दा कम्तीमा पनि १५ जना मछुवा (माछा मार्ने व्यक्ति) बेपत्ता भएका छन् । डुंगा डुब्दा ती मछुवा बेपत्ता भएका र उनीहरूको खोजी कार्य जारी रहेको इन्डोनेसियाका अधिकारीहरूले जानकारी दिएका छन् ।

उनीहरू गएको शनिबारदेखि नै बेपत्ता रहेका र खोजी कार्य जारी रहेको उद्धार टोलीमा खटेका एकजना अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार मंगलबार खराब मौसम तथा हावाहुरीका कारण यहाँको आरफुरा समुन्द्रमा डुंगा पल्टिएको थियो । उक्त डुंगा दुर्घटनापछि यसका रहेका मछुवामध्ये कम्तीमा पनि १५ जना अहिलेसम्म पनि बेपत्ता रहेका छन् ।

 

[sidebar name="button post"]