कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानलनै विजयी

काठमाडौँको कागेश्वरी मनोहरा  नगरपालिका वडा नम्बर १  मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ  । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार मकुन्द प्रसाद गजुरेलको प्यानलनै विजयी भएको हो ।

अध्यक्ष गजुरेल संगै वडा सदस्यहरुमा  कुमार खड्का, उजेली तामाङ ,प्रेम तामाङ र कविता रसाइली   बिजयी भएका छन । यसअघि ०७४ सालको स्थानीय चुनावमा वडा नम्बर १ मा मकुन्द प्रसाद गजुरेलको टिमले नै जितेको थियो ।अन्तिम मत परिणाम निर्वाचन आयोगले केही समयपछि प्रकाशन गर्नेछ ।

[sidebar name="button post"]