भारतको राजधानी दिल्लीको पश्चिममा रहेको मुन्डकामा एउटा व्यावसायिक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

भारतको राजधानी दिल्लीको पश्चिममा रहेको मुन्डकामा एउटा व्यावसायिक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ ।

चार तले भवनमा भएको आगलागीमा परी अरु १२ जना घाइते भएका छन् । घाइतेहरुलाई सञ्जय गान्धी अस्पतालमा भर्ना गरिएको छ ।आगलागीको समयमा भवनभित्र ७० जनाभन्दा बढी मानिस रहेको घटनास्थलमा खटिएका अग्नि नियन्त्रण विभागका सतपाल भारद्वाजले बताए । कम्तिमा ६० जनालाई भवनबाट उद्धार गरिएको जनाइएको छ । केही मानिस अझै भवनभित्र फसेको प्रहरीले जनाएको छ ।

आगलागीपछि दुईजना पक्राउ परेको हिन्दुस्तान टाइम्सले जनाएको छ। प्रत्येक मृतकका परिवारलाई जनही २ लाख भारु दिने मोदीको घोषणा छ ।

[sidebar name="button post"]