काठमाडौंको मेयरमा बालेनको अग्रता कायमै

३१ वैशाख, काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

साहले ८ सय ४२ मत सहित अग्रता कायम गरेका हुन् । बालेनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ७ सय २३ मतका साथ पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ५ सय ९ मत प्राप्त गरेकी छिन् ।

[sidebar name="button post"]