रोनाल्डोका नवजात शिशु (छोरा) को मृत्यु

स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जियाना रोड्रिग्वेजले आफ्नो नवजात शिशु (छोरा) को निधन भएको जानकारी दिएका छन् ।

सन्तानको निधन ‘कुनै पनि अभिभावकका लागि गम्भीर दुःखको कुरा’ रहेको रोनाल्डोले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै भएका छन् ।

पोर्चुगलका खेलाडी ३७ वर्षे रोनाल्डो र २८ वर्षीया रोड्रिग्वेज जुम्ल्याहा सन्तानको स्वागतको तयारीमा थिए । तर छोरी मात्रै जीवित जन्मिएको रोनाल्डो र रोड्रिग्वेजले जानकारी दिएका छन् ।

‘छोरीको जन्मले हामीलाई यो समयमा बाँच्नका लागि आश र खुशी प्रदान गरेको छ’, रोनाल्डोले लेखेका छन् । उनीहरुले लेखेका छन्, ‘हाम्रो छोरा, तिमी हाम्रो एन्जल हौ । हामी सधैँ तिमीलाई माया गरिरहने छौँ ।’

[sidebar name="button post"]