भक्तपुरमा रथले किचेर एक जनाको मृत्यु भएको छ।
रथले किचेर सूर्यविनायक नगरपालिका वडा ५ का ७१ वर्षीय दुर्गामान कस्पालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । उनका अनुसार सोमबार कस्पाल नासमाना चोकमा बसेर जात्रा हेर्दै थिए।
रथ गहिटीबाट वंशगोपालतर्फ लगिँदै थियो। बिस्का जात्राको रथ नासमाना चोकमा पुग्दा उक्त रथको पांग्राले कस्पाललाई किचेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए।
घाइते कस्पाललाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो। प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार कस्पालको उपचारकै क्रममा बेलुका साढे छ बजे मृत्यु भएको हो।
[sidebar name="button post"]









