साउदी अरेबियामा एकैदिन ८१ जना पुरुषलाई मृत्युदण्ड दिइएको सरकारी अधिकारीले बताएका छन्।
गत वर्ष साउदी अरेबियामा ६९ जनालाई मृत्युदण्ड दिइएको थियो। शनिबार मृत्युदण्ड दिइनेमा सात यमनी र एक सिरियाली पनि छन्। उनीहरुमाथि आतंकवादसहितका अभियोग लागेको सरकारी समाचार संस्था एसपिएले जनाएको छ।
मृत्युदण्ड दिइएकामध्ये केहीलाई इस्लामिक स्टेट (आइएस), अल–कायदा र हुथी विद्रोहीसँग जोडिएको आरोप पनि थियो। मृत्युदण्ड पाएकाहरुले निष्पक्ष न्यायिक अधिकार प्राप्त नगरेको हुन सक्ने अधिकारवादी संस्थाहरुले बताएका छन्।
[sidebar name="button post"]









