पुटिनका ८० प्रतिशत आर्मी यहाँ युक्रेनमा छन् हामीले उनीहरुलाई यहिँ गाड्ने छौँ : युक्रेन

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका एक सल्लाहकारले आफ्नो देशको आर्मीले जारी युद्धमा अप्रत्यासित वा भाग्यका कारण सफल नभएको बताएका छन् ।

राष्ट्रपतिका सल्लाहकार एलेक्सी एरिस्तोविकले सामाजिक सञ्जालमा लामो वक्तव्य साझा गर्दै विशेष ख्याल गरेर तयार पारिएको योजना अनुसार सामना गरेकाले आफूहरुले सफलता पाइरहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘हाम्रो जित प्रणाली हो, विशेष रुपमा तयार पारिएको र स्पष्ट रुपमा कार्यान्वयन गरिएको कारण र प्रभावको सम्बन्धमा आधारित भएर अघि बढिएकाले सफल भएका हौँ ।’

सुरक्षा दस्ताको प्रतिरक्षा तथा सर्वसाधारण नागरिकको साथले रुसी युद्ध मेसिनलाई आफूहरुले पिस्दै गएको उनले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘रुसी आर्मी बलियो छैन, मात्रै ठूलो हो ।’

उनले वाचा गरेका छन्, ‘पुटिनका ८० प्रतिशत आर्मी यहाँ (युक्रेन) छन् । हामीले उनीहरुलाई यहिँ गाड्ने छौँ ।’

 

[sidebar name="button post"]