विश्वकै सफल क्रिकेटर अस्ट्रेलियाका शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ ।
उनको हिजो थाइल्यान्डमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अस्ट्रेलिया क्रिकेटका अर्का पूर्व खेलाडी रड मार्सको निधन भएको केही घण्टापछि वार्नको पनि निधनको खबर आएको हो ।
वार्नलाई हृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ । लेगस्पिनर वार्नले अस्ट्रेलियाबाट १ सय ४५ टेस्ट र १ सय ९४ ओडीआई खेलेका थिए ।
उनले इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्स र बिग बासमा मेलवर्न स्टार्सका लागि समेत खेलेका थिए ।
[sidebar name="button post"]









