भारतीय सेनाध्यक्ष (चीफ अफ डिफेन्स स्टाफ) जर्नेल विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।
सो हेलिकोप्टरमा रहेका १४ जनामध्ये १३ जनाको मृत्यु भएको सरकारी अधिकारीको हवला दिँद प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआई) ले जनाएको छ । एक पुरुष जीवित रहेको बताइएको छ ।
भारतीय सेनाको एमआई सिरिज हेलिकप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा खराब मौसमका कारण दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा लेक्चर दिएर फर्किँदै गर्दा रावत चढेको हेलिकोप्टर कुन्नुरमा दुर्घटनामा परेको हो । रावत कुन्नुर हुँदै दिल्ली फर्किने कार्यक्रम थियो ।
इण्डियन एयर फोर्सले दुर्घटनाको जाँच गर्न अधिकारीहरुलाई निर्देशन दिएको ट्वीटरमार्फत जनाएको छ ।
[sidebar name="button post"]









