नेदरल्याण्ड्सका प्रतिष्ठित अपराध पत्रकार पिटर आर डी भ्रिसमाथि आम्सटर्डामको सडकमा गोली प्रहार भएको छ । सिटी सेन्टरमा स्थानीय समय अनुसार मंगलबार साँझ उनीमाथि गोली प्रहार भएको हो । गोली लागेका उनी गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।
टेलिभिजन संवाद कार्यक्रममा प्रस्तुत भएको केही मिनेटपछि नै उनीमाथि आक्रमण भएको राष्ट्रिय टेलिभिजन एनओएसले जनाएको छ ।
आपराधिक मामिलाको रिपोर्टिङ्गमा खोज पत्रकारका रुपमा काम गरेको उनलाई यसअघि धम्की आएपछि प्रहरी सुरक्षा प्रदान गरिएको थियो ।
प्रहरीले प्रत्यक्षदर्शी र सिसिटिभी फुटेजका लागि अपील गरेको छ । पत्रकार पिटर आफूले रिपोर्टिङ्ग गर्दै आएका जस्तै अपराधको निशाना बनेका छन् ।
[sidebar name="button post"]











