२१ असार, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानको मौसम सोमबार सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । दक्षिणि भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले मौसम प्रभावित भएको हो ।
त्यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान र लुम्बिनी प्रदेश, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी राति देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।











