स्वदेशी लगानीमा नै हालसम्मकै ठूलो आयोजना माथिल्लो तामाकोसीकाे आज उद्घाटन

निर्माण सम्पन्न भएको बहुप्रतिक्षति राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) उद्घाटन गर्ने भएका छन् ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि बिजुली उत्पादन गर्दैछ । कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ ।

आयोजनाले आइतबार नै विद्युत गृह रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार ढल्केबरदेखि न्यू खिम्ती सबस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।

स्वदेशी लगानीमा नै हालसम्मकै ठूलो आयोजना सम्पन्न भएको हो ।

शुरुआती लागत रु ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै रु ८० अर्बको हाराहारी पुगेको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले यो आयोजनाको शिलान्यास गरेका थिए ।

[sidebar name="button post"]