यी पाँच देशमा वैदेशिक अध्ययन स्वीकृतिपत्र वितरण खुला

शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरिया‚ अष्ट्रेलियासहित पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) जारी गर्ने कार्य खुला गर्ने निर्णय गरेको छ ।

आइतबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुनेगरी अस्ट्रेलिया, दक्षिण कोरिया, जापान, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र जारी गर्ने निर्णय गरेको हो ।

कोभिड-१९ महामारी फैलिएसँगै गत वैशाख ९ गतेदेखि यी पाँच देशमा अध्ययनका लागि जानका लागि अध्ययन स्वीकृति पत्र जारी गर्ने कार्य स्थगित गरिएको थियो ।

[sidebar name="button post"]