पछिल्लो २४ घण्टामा भारतमा थप ४० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि

भारतमा थप ४० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४० हजार ३८७ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २९औँ दिन हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ५ लाख ८४ हजार ८७२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ८९ हजार १२८ जना संक्रिय संक्रमित छन् ।

पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २ हजार ७५८ पुगेको छ ।

[sidebar name="button post"]