अफ्रिकी देश इथियोपियाको टिग्रे क्षेत्रमा जारी भिडन्तका कारण भोकमरीको अवस्था आएको र त्यसबाट चार लाख भन्दा बढि मानिस प्रभावित भएको संयुक्त राष्ट्रसंघका अधिकारीहरुले बताएका छन् ।
टिग्रे क्षेत्रमा जारी हिंसाका कारण उत्पन्न संकटका सम्बन्धमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पहिलोपटक छलफल भएको हो ।
विगत ८ महिनादेखि जारी हिंसाका कारण थप १८ लाख मानिस भोकमरीको संघारमा पुगेको पनि अधिकारीहरुले बताएका छन् ।
युद्धविरामको घोषणा गरिए पनि हिंसा भने नरोकिएको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।
गएको सोमबार इथियोपिया सरकारले आफ्नो तर्फबाट युद्धविरामको घोषणा गरेको हो । तर विद्रोहीहरुले आफ्ना शत्रुहरुलाई परास्थ गरेरै छाड्ने बताएका छन् ।
हिंसामा परेर धेरै मानिसको ज्यान गएको छ। २० लाख भन्दा बढि मानिस बिस्थापित भएका छन्।












