पूर्वी चितवनमा शनिबार बिहान एक पुरुषको शव फेला परेको छ । झण्डै ४५ वर्षको व्यक्ति शनिबार बिहान मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।
नदीले बगाएर ल्याएको जस्तो देखिने मङ्गोलियन वर्णको पुरुष व्यक्तिको शव रत्ननगर नगरपालिका–७ सौराहाको घोलमा भेटिएको हो ।












