नेपाली शान्ति सैनिकद्वारा कंगोमा जीर्ण पुल मर्मत गरी हस्तान्तरण

काठमाडौँ – कंगोमा तैनाथ श्री नं. २४ फिल्ड गुल्म (इन्जिनियर्स) ले लामो समयदेखि जीर्ण रहेको पुल मर्मत गरी हस्तान्तरण गरेको छ।

पुल मर्मतपश्चात् स्थानीय बासिन्दाले सुरक्षित महसुस गर्नुका साथै उक्त क्षेत्रको व्यापारिक केन्द्रसँगको व्यापारमा समेत सघाउ पुगेको सेनाले बताएको छ।

सो अवसरमा नेपाली इन्जिनियर कम्पनी तथा शान्ति स्थापना कार्यमा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसासमेत गरेका थिए।

 

[sidebar name="button post"]