विश्वकप विजेता फ्रान्सलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै स्वीट्जरल्यान्ड युरोकप २०२० को क्वाटरफाइनल पुगेको छ। निर्धारित तथा अतिरिक्त समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।
निर्धारित समयमा फ्रान्सका करिम बेन्जेमाले दुई र पल पोग्बाले एक गोल गरे। स्वीट्जरल्यान्डले २ गोलको अग्रता लिने मौका खेर पाएको चार मिनेटमै फ्रान्स २-१ गोलले अगाडि बढेको थियो।
स्वीट्जरल्यान्डका दुवै गोल ह्यारिस सेफेरोभिचले गरेका थिए।
५५ औँ मिनेटमा स्वीट्जरल्यान्डले पेनाल्टी प्रहारको मौका पाएपनि सदुपयोग गर्न सकेन।त्यसपछि बेन्जेमाले ५७ र ५९ औँ मिनेटमा शानदार गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। a
सेफेरोभिचले ८१ औँ मिनेटमा हेडमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई खेलमा फर्काउने सम्भावना कायमै राखेका थिए। मारियो गाभ्रानोबीचले ९० औँ मिनेटमा गोल गर्दै स्विस टोलीलाई ३-३ गोलको बराबरीमा फर्काएका थिए। यसअघि युरो कपको साविक विजेता पोर्चुगल पनि अन्तिम १६ बाटै बाहिरिसकेको छ।









