विश्वकपको साविक उपविजेता क्रोएसियालाई पराजित गर्दै स्पेन युरोकप २०२० को क्वाटरफाइनलमा

विश्वकपको साविक उपविजेता क्रोएसियालाई ५-३ गोलले पराजित गर्दै स्पेन युरोकप २०२० को क्वाटरफाइनलमा पुगेको छ।

निर्धारित ९० मिनेटको खेल ३-३ गोलको बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा स्पेनका अल्भारो मोराटा र मिकेल ओयारजाबलले एक एक गोल गरेका थिए। मोराटाले एक सय र एक सय ३ औँ मिनेटमा ओयारजाबलले गोल गरेका हुन्।

दुवै गोलमा डानी ओल्मोले क्रसमार्फत पास उपलब्ध गराएका थिए। ओयारजाबल ८८ र ओल्मो ७१ औँ मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए। त्यसअघि अन्तिम समयमा २ गोल गर्दै क्रोएसिया निर्धारित ९० मिनेटमा बराबरीमा फर्किएको थियो।

खेलमा ३-१ गोलले पछाडि रहेको अवस्थामा मिस्लाभ अर्सिचले ८५ र मारियो पसालिचले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलेका थिए। अर्सिच ६७ र पसालिच ७९ औँ मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए।

त्यसअघि क्रोएसियाले आत्मघाती गोलमार्फत अग्रता लिएपनि स्पेनले त्यसपछि लगातार तीन गोल गरेको थियो। स्पेनका पेड्रीले दिएको ब्याक पास स्पेनका गोलरक्षकले नियन्त्रणमा लिन नसक्दा २० औँ मिनेटमा आत्मघाती गोल भएको थियो।

तर स्पेनले ३८ औँ मिनेटमा खेल बराबरीमा ल्यायो। पाउलो सराबियाले हेडमार्फत गोल गरेका थिए। दोस्रो हाफको सुरुमै स्पेनले अग्रता लिएको थियो। ५७ औँ मिनेटमा सिजर एज्पुलिकुएटाले गोल गरेका थिए। फेरान टोरेसले ७७ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए।

[sidebar name="button post"]