बेलायतमा फेरि कोरोना भाइरसको सङ्क्रमण बढ्दै

 बेलायतमा फेरि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ ।

सङ्क्रमणको सङ्ख्या बढेसँगै बेलायतमा तेस्रो लहरको जोखिम बढेको छ । त्यहाँ एक महिनायता दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको बीबीसीले जनाएको छ । बेलायतमा पाइएको सङ्क्रमणमध्ये ९० प्रतिशत डेल्टा भेरियन्ट रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

गएको २४ घण्टामा १८ हजार २ सय ७० जनामा सङ्क्रमण भएकाे पाइएको छ  । यो गएको फेब्रुअरी ५ पछिकै दैनिक भेटिने सङ्क्रमितको सङ्ख्या भन्दा सबैभन्दा धेरै हो  ।

कोरोनाका कारण गएको २४ घण्टामा थप २४ जनाको ज्यान गएको छ ।

[sidebar name="button post"]