कर्णालीमा पानीको बहाव बढेपछि कैलालीको टीकापुर र बर्दियाको राजापुर नगरपालिकाको सीमा रहेको सत्ती पुल भासिएको छ । हुलाकी राजमार्गअन्तर्गत निर्माण भएको यो पुलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई जोड्छ ।
पुल भासिएपछि पुलमा आवागमन बन्द गरिएको उनले बताए । पुल निर्माण भएसँगै पूर्वतर्फको भागमा नदीले हरेक वर्ष कटान गर्दै आएको थियो ।
पाँच वर्षसम्म निर्माण कम्पनीले मर्मतसम्भार गर्दै आए पनि गत वर्षदेखि मर्मत हुन सकेको छैन । भासिएको भाग मर्मत हुन नसक्दा राजापुरतर्फको भाग भासिएर आवागमन अवरुद्ध भएको छ ।
पुल भन्दा तलको श्रीलंका, तोलीगाउँलगायत बस्ती जोखिममा परेका छन् ।
[sidebar name="button post"]









