बेलायतका प्रधानमन्त्रीले आफूभन्दा २३ वर्ष कान्छी प्रेमिकासँग ‘गुपचुप’ विवाह गरे

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘गुपचुप’ विवाह गरेका छन्। ५६ वर्षीय प्रधानमन्त्री जोन्सनले शनिबार एकदमै थोरै मानिसहरूलाई बोलाएर ३३ वर्षीया प्रेमिका क्यारी सिमोन्ड्ससँग लगनगाँठो कसेका हुन्।

वेस्टमिनस्टर क्याथेड्रलमा ३० जना मानिसहरूलाई बोलाएर जोन्सनको विवाह भएको समाचारमा उल्लेख गरिएको छ।

जोन्सन र सिमोन्ड्स सन् २०१८ देखि रोमान्टिक सम्बन्धमा थिए। गत वर्षको अप्रिलमा सिमोन्ड्सले छोरालाई जन्म दिएकी थिइन्।

जोन्सनले यसअघि गरेका दुइटा विवाह डिभोर्समा टुंगिएका थिए।

[sidebar name="button post"]