१४ जेष्ठ, काठमाण्डौ। कागेश्वरी मनोहरा नगरपालिकाले नगरबासीलाई कोरोना भाइरस संक्रमणबाट बचाउन खोप खरिदका लागि संघीय सरकारसंग अनुमति मागेको छ ।
नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा आज बसेको ७० औं नगर कार्यपालिका बैठकले १ करोड रुपैयाँ बराबरको जि टु जी मार्फत् खरिद गर्न मूल्य सहित नेपाल सरकार स्वास्थ्य मन्त्रालयसंग अनुमति माग गर्ने निर्णय गरेको हो ।
आगामी आर्थिक बर्ष २०७८,०७९ को पाचौं नगरसभामा पेश गर्नुपर्ने नीति, कार्यक्रम तथा बजेटका सम्बन्धमा कोरोनाका कारण नगर सभाको योजना छनोट प्रक्रिया गर्न नसकिने भएकोले नगरपालिकाको वेभ साइट www.kageshworimanoharamun.gov.np मा आगामी असार ३ देखि १० गतेसम्म सुझाव माग गर्ने निर्णय गरेको नगर प्रमुख कृष्णहरि थापा बताउनु भयो ।
बैठकले भोलीदेखि यहि जेठ २० गते सम्म नगरपालिका मातहत रहेका स्वास्थ्य सम्बन्धी कार्य बाहेक अन्य कुनैपनि कार्य नगर्ने निर्णय गरेको नगर प्रवक्ता राजाराम पुडासैनीले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।












