रमिता दंगाल
२ जेष्ठ, काठमाण्डौ । काठमाण्डौको कागेश्वरी मनाेहरा नगरपालिकाकाे मुलपानी नगर अस्पतालमा शनिबार बाहेक प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो २ बजे सम्म एन्टीजेन र पीसीआर विधिबाट कोरोना परीक्षण गरिन्छ।
कागेश्वरी मनाेहरा नगरपालिकाकाे मुलपानी नगर अस्पतालमा आज १०१ जनाकाे स्वाब संकलन गरी एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नगर प्रमुख कृष्ण हरि थापाले जानकारी दिनुभयो ।
त्यस्तै १६ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि टेकु अस्पताल पठाइएको छ। पीसीआर परीक्षणको रिपोर्ट भोलि मात्र आउने पनि नगर प्रमुख थापाले जानकारी दिनुभयो।











