२ जेष्ठ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै आज संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ।












