३० वैशाख, काठमाण्डौ। चन्द्रागिरि नगरपालिकामा एक साता पूर्णरुपमा लकडाउन गरिने भएको छ । नगरपालिकाका नगर प्रमुखको अध्यक्षता बसेको बैठकले जेष्ठ १ गते बिहान ६ बजेदेखि ७ गते बिहान ५ बजेसम्म नगरपालिका पूर्णरुपमा बन्द गरी सिल गर्ने निर्णय गरेको हो ।
यस अवधिभर घर बाहिर हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाउनुका साथै औषधि पसल र स्वास्थ्य संस्थाका सेवाबाहेक अन्य सेवा र पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ ।
चिनियाँ खोपको दोस्रो मात्रा लगाउनका लागि भने पहिलो पटक लगाएका व्यक्ति मात्र खोपको कार्डका साथ तोकिएको मितिमा खोप केन्द्रसम्म भने आवतजावत गर्न पाउनेछन् ।

[sidebar name="button post"]









