आज वि.सं.२०७८ साल वैशाख ३० गते। बिहिबार । तपाईंको आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :
सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । पढाईलेखाईमा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । कामको सवालमा आफ्नै मानिससँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने प्रतिस्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । मायाप्रेममा धोका हुनेछ भने परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । समय र स्थानको ख्याल नगरी बोल्नाले दुःख पाईने ग्रहयोग रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :
साथिभाईको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडिहरुका लागी समयले साथ दिनेछ भने नयाँ नया प्रेम प्रस्ताव आउनेछ । समयको सहि सदुपयोग गरी रचानात्मक गर्दै समाजमा नाम कमाउन सकिनेछ । विद्यार्थीहरुले पढाईमा राम्रो प्रगती गरी आफन्त तथा गुरुवर्गहरुलाई खुशी राख्न सक्नेछन् । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :
विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ। विदेशमा बसेर श्रम गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ । काम गर्दा बिशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तह टाढिने छन् । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :
साहित्यमा रुची बढ्नेछ । प्रेमीप्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । रमाइलो यात्राको योग रहेको छ । आर्थिक काम कारोबारमा सफलता मिल्नेछ । कृषि काममा प्रगति हुनेछ । स्वास्थ्यमा समस्या आउदा सोचे भन्दा धेरै खर्च हुनेछ । दिदीबहिनीको सहयोगमा नयाँ काम शुरु हुनेछ ।औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यवसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :
इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयमो सदुपयोग गरि मनग्गे लाभ लिन सकिनेछ । साथिभाईहरुको सहयोग पाईनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :
धार्मिक कार्य तथा परोपकारमा मन जानेछ। खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ। खराब आचरण भएका व्यक्तिहरुले फसाउने तथा केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। आशा देखाउनेहरूको भरपर्दा काम बिग्रनेछ । धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभागी भई काम गर्ने अवसर जुर्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :
सवारीसाधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला। अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानिका स्रोतहरु साघुरिनेछन् । मायाप्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामबाट पनि फुर्सद पाइनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :
औषधीजन्य तथा खाद्यान्नसँग संबन्धित सामानको उत्पादन तथा व्यापार व्यवसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । शत्रुले दुख दिन खोजे पनि अन्तत उनिहरुलाई परास्त गर्दै अगाडी बढ्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । बिवाद तथा न्यायिक निर्णयहरुबाट हुने सुनुवाई तपाईकै पक्षमा हुने हुनाले मन प्रशन्न हुनेछ । पढाईलेखाईमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :
खानपानमा ध्यान दिनुहोला स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। नयाँ योजना कार्यान्वयनमा ल्याउन नसकिए पनि लगनशीलताले बिस्तारै प्रगति हुनेछ। बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ। व्यवसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :
अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अली बढी नै मेहनेत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुशि हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्वसाधारणसँग सन्तुलित व्यबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :
दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । पुराना विवादित बिषयहरु हल भएर जानेछन् । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यवसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।
राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस्।








