२४ घण्टामा दिल्लीमा १३ हजार संक्रमित, संक्रमण दरमा सामान्य कमि

२६ वैशाख, नयाँदिल्ली। भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली राज्यमा तीन हप्तादेखि जारी लकडाउनपछि संक्रमण दरमा सामान्य कमि आउन थालेको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार दिल्लीमा लकडाउन हुनुपहिले सङ्क्रमण दर ३५ प्रतिशत रहेकोमा यसमा निकै कमी आएको बताउनुभएको छ । यद्यपि केन्द्रीय सरकारको अप्रिल १७ पहिलेको तथ्याङ्कमा दिल्लीमा कोभिड–१९ सङ्क्रमण दर २४.५६ रहेको देखिन्छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा आइतबार दिइएको तथ्याङ्कमा कोभिड–१९ सङ्क्रमण दर २१.६७ प्रतिशत रहेको उल्लेख छ । कोभिड–१९ महामारीका कारण मृत्यु सङ्ख्या बढेपछि लकडाउन गरिएको लकडाउन भएको पाँच दिनपछि नै मृतक सङ्क्रमितको सङ्ख्या ३०० भन्दा कम रहेको त्थ्याङ्कमा उल्लेख छ । दिल्लीमा विगत २४ घण्टामा मृतक सङ्क्रमितको सङ्ख्या २७३ रहेको छ भने सङ्क्रमितको मृत्यु दर १.४६ रहेको बताइएको छ ।

दिल्लीमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या १३ लाख २३ हजार ५६७ पुगेको छ भने १९ हजार ३४४ सङ्क्रमितको मृत्यु भएको छ । दिल्लीमा आइतबारसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या ८६ हजार २३२ रहेको पनि सरकारी तथ्याङ्कले देखाएको छ।

[sidebar name="button post"]