खोपको ब्यवस्थित वितरणका लागि फ्रान्सको आग्रह

२६ वैशाख, बेइजिङ। फ्रान्सका राष्ट्रपति म्याक्रोँ नयाँ कोरोना भाइरस खोपको निर्यात नभएकोमा अमेरिका लगायत खोप निर्माण गरेका कतिपय यूरोपेली मुलुकलाई खोपको ब्यवस्थित वितरणका लागि आग्रह गर्नुभएको छ ।

उहाँले कुनै देशको नाम उल्लेख नगरिकनै भन्नुभयो, “कतिपय मुलुकमा उत्पादित खोप शतप्रतिशत आफ्नै बजारमा आपूर्ति भएको छ । जुन दुखद् कुरा हो ।”

गत साताको अन्त्यमा पोर्चुगलको पोर्टोमा युरोपेली संघ सामाजिक शिखर सम्मेलनमा बोल्दै म्याक्रोँले भन्नुभयो, “खोप र कच्चा सामानको निर्यातमा खोपको यथोचित वितरण गर्नु जरुरी कार्यको तर कतिपय मुलुकले यसो नगरेको तर बहसलाई अन्यथा मोड्न खोजेको पाइएको छ ।”

अङ्ग्रेजी पत्रिका ‘फाइनान्सियल टाइम्स’ले म्याक्रोनको टिप्पणीहरू विशेष गरी अमेरिका निर्देशित भएको बताएको छ भने अर्को पत्रिका ‘गार्जियन’ ले भने म्याक्राँेले बेलायती र अमेरिकी सरकारलाई अन्य देशहरूमा खोप निर्यात गर्न आग्रह गर्नु भएको आफ्नो समाचारमा उल्लेख गरेका छन् ।

यसैबीच यसवर्ष मार्चसम्ममा चीनले विश्वलाई १० करोड ९० लाख खोप निर्यात गरेको छ जुन चीनमा कुल उत्पादनको ४८ प्रतिशत खोप हो ।

[sidebar name="button post"]