२५ चैत्र, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ । स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडी क्षेत्रमा बदली हुने सम्भावना देखिएको छ ।
अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत अन्य केही पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । अरु धेरै क्षेत्रमा तुँवालो लागेको छ ।
आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यसैगरि राति प्रदेश १ र सुदूरपश्चिम प्रदेश साथै अन्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ ।पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।









