चीनले सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप आजदेखि लगाइने

२५ चैत्र, काठमाण्डौ। चीनले सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ आजदेखि लगाइने भएको छ । यस खोप लगाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने व्यक्तिको प्राथमिकिकरण र खोप केन्द्र समेत तोकिसकेको छ।

खोप चीनमा छात्रवृत्तिमा पढ्ने विद्यार्थी, चीनमा पढ्न जाने तयारीमा रहेका व्यक्ति, हिमालय सीमा पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारीलगायतका व्यापारी, प्राध्यापकलगायतलाई लगाउने तयारी छ ।

सरकारले काठमाण्डौ उपत्यकाका १४ वटा स्वास्थ्य संस्थालाई खोप केन्द्र तोकेको छ । वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाण्डौ मेडिकल कलेज सिनामंगल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटी नि:शुल्क चिकित्सालयबाट खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीन सरकारबाट नेपाल सरकारलाई ८ लाख डोज खोप अनुदान स्वरूप प्राप्त भएको थियो ।

[sidebar name="button post"]