२५ चैत्र, काठमाण्डौ। लोक सेवा आयोगले बुधबार राजपत्र अनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवाका चौथो तहका अप्राविधिकमा ठूलो संख्यमा आवेदन माग गरेको छ। आयोगले सूचना जारी गरी विभिन्न पदमा साँढे ४०० भन्दा बढी पदमा आवेदन माग गरेको हो।आयोगका अनुसार खुला तथा समावेशी पदमा प्रयोगात्मक लिखित परीक्षाका लागि आवेदन खुला गरिएको हो।
आयोगले गोरखा पत्र दैनिकमा सूचना जारीगरी अनमि, अहेव, कविराज लगायतका स्वास्थ्य सेवाका र प्राविधिक पदहरुमा आवेदन माग गरेको हो । आयोगका कार्यालयहरू इलाम‚ धनकुटा, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौंडा, पोखरा, बाग्लुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दीपायल र महेन्द्रनगरले उक्त पदको माग गरेको हो।
उक्त विभिन्न पदमा अनलाइनमार्फत पनि आवेदन दिन सकिने जनाइएको छ।
[sidebar name="button post"]









