समिता श्रेष्ठ
आजभोलीका घटनाहरु लाई नजिक बाट नियालेर हेर्दा छोरी जन्माउन डराउछन । छोरी जसलाई लक्ष्मिको रुपमा हेर्ने गरिन्छ । सरस्वती रुपमा पुज्ने गरिन्छ ।
हो त्यही छोरी जन्माउन पनि डर लाग्ने भएको छ । कारण दिनानुदिन बढीरहेको बलात्कार,हत्याहिंसा र एसिड को घटना नै हो । बाहिर खेलिरहेको ५बर्षकि सानी छोरी छिमेकी अङ्कल बाट योन शोषणमा पर्छिन । स्कुल पढ्ने भएकी ठुली छोरीलाई एसिड प्रहार हुन्छ ।
अनि बिवाहित छोरी माथी दाइजोको निहुँमा हत्या गरिदिन्छ । त्यस्तै प्रेम प्रस्ताव अस्विकार गरेकै कारण आफ्नै केटा साथी बाट पेट्रोल प्रभार गरिन्छ । हो यी अनि यस्तै कारण आज छोरी जन्मिन्छ कि भनेर डर लाग्छ। आज सुरक्षित महसुस गर्ने छोरि भोलि मरिन्छ कि बाचिन्छ ठेगान छैन। निर्मला ,सम्झना अनि अरु बलात्कार गरिएर मारिएका छोरिहरुको ठाउँमा भोलि तपाईं पनि पर्न सक्नु हुन्छ अनि म पनि पर्न सक्छु ।
त्यस्तै प्रेमको नाममा प्रेम प्रस्ताव अस्विकार गरेकै कारण ले आफ्नै केटा साथी बाट पेट्रोल पहार बाट घाइते भएको पुजा कार्की लाई सम्झन्छु । यो घटनाले के केटा र केटि असल साथी हुन सक्दैन भन्ने प्रश्न मनमा उठ्ने गर्छ। यसमा गलती त न प्रेम गर्ने को थियो न प्रेम प्रस्ताव अस्विकार गर्ने को नै थियो ।
तर पनि पुरुष प्रधान र पितृसत्तात्मक सोचले गर्दा यो घट्न दिनानुदिन बढ्दै त छैन ? हो समाजको सोच र कडा नियम कानुन को ब्यवस्थापन र लागू न हुनाले नै यस्ता घट्ना बढी रहेको छ कि ? सोच्न पर्ने दिन आएको छ ।
हो यहि कुराहरुले एउटि गर्ववति महिलालाई छोरी हुन्छ कि भन्नेर डर लाग्दछ । यहि कुराहरुले आफ्नो पसिना बेचेर हुर्काएकी छोरिलाई केही होला कि भन्नेर बाबा लाई डर लाग्छ । कसैले बलात्कार गर्छ कि अनि खोलाको किनारमा लगेर फाल्ने हो कि ? केही सानो कुरामै एसिड प्रहार हुन्छ कि? दाईजोको निहुमा नै सिलौटाले हानेर वा आगोमा जिउँदै जलाएर मारिन्छ कि?।मनमा डर पैदा हुन्छ ।
मेरो छोरी भयो भने यस्तै केही हुन्ने पो होकि भन्नेर । यसरी हत्याको सिकार भएको छोरिहरुको समाचारले भोलि पल्ट खैला बैला मच्चाउछ ,केही दिन पछि लास भेटिन्छ।पत्रिका अनि केही मिडियालाई हेडलाईन मिल्छ । आमा बुबा न्यायको लागि भौतारिनु हुन्छ।केही हप्ता केही दिन पछि आमा बुबाले न्यायको आस मार्नुहुन्छ।मिडियाले हेडलाईन राख्न छोड्छ।अनि बस सकिन्छ एउटा छोरिको जीवन कथा ।
आखिर छोरी चेलि कहाँ सुरक्षित छन् ??? घर,बिद्यालय,अफिस,बस ???? आखिर छोरी चेलि कोसगँ सुरक्षित छन् ???बुबा,दाइ,भाई,शिक्षक,अफिसको हाकिम ??? तपाईंलाई थाहा छ ?? छोरी चेलि कहाँ सुरक्षित छन्??सुरक्षित भन्ने शब्द त छोरी चेलिको लागि नै होइन भन्ने भैसक्यो।
जब सम्म देशमा कडा कानुन बन्दैन तब सम्म हामिले छोरिहरु गुमाउनेछौँ त्यसैले डर लाग्छ एउटि आमालाई मेरो छोरी हुन्छ कि भन्नेर । तर सबै पुरुष एउटै हुदैनन्।
महिला हिसां ,बलात्कार बिरुद्ध बोल्ने मैले धेरै दाजुभाइलाई देखेको छु।नारिको रक्षाको लागि सधैँ अगाडि उभिने दाजुभाइलाई पनि भेटेको छु ।
छोरि को लागि न्यायका कलम चलाउने लाई पनि भेटेको छु । तर पनि डर लाग्छ । यी राम्रा दाजुभाइको बिचमै त छन ती नराम्रा ब्यक्तिहरु पनि जसले न ७ महिने बालिकालाई देख्छ न ७० बर्षको बृद्दा आमालाई नै देख्छ । आखिर यो डर कहिले सम्म हामी छोरिहरुले भोग्ने ? एउटा नारि कै काँख बाट जन्मिएर ।
नारी कै स्तनपान गरेर हुर्के पछि त्यही नारी छोरी माथी गिद्दे नजर लगाएर क्या माल रहेछ यार भन्नू कहिले छोड्ने? यो प्रश्न ती ब्यक्तिहरु लाई जसले नारी , एउटा छोरी र एउटा महिला लाई खेलौना बाहेक केही सम्झिदैन। कसैको जिन्दगी बर्बाद गर्नु अघि एक चोटि घरमा भएका आफ्ना आमा , दिदिबहिनिलाई ,आफ्ना सन्तानको बारेमा नि सोच्ने गर्नुस ।
क्या माल भन्दा गर्दा त्यही स्थानमा आफ्ना लाई नि राखेर हेर्नू गर्नुस अनि तपाईहरु को मनले सायद भन्ने छ । यो गलत हो भन्नेर आफ्नो परिवारमा आफ्नो माया गर्नेलाई सम्झदा सायद कुविचार मनमा आउने छैन । छोरी लाई जन्माउनको लागि आमालाई डर लाग्ने न बनाउन है।
के छोरी बिना सृष्टि चल्छ र? चल्दैन नि है? फेरि किन यो यस्तो वातावरण सृजना गर्दै छौ ? अब धेरै नै भयो । हो धेरै भयो । अब यो रोक्न तर्फ लाग्नुपर्छ । छोरी लाई पनि निडर भएर हिड्ने वातावरण ल्याउन पर्छ । अनि मात्रै डराउदिन आमा छोरी पाउन लाई अनि डराउदैन बाबा दुख गरेर छोरी हुर्काउनु लाई ।
दोषी लाई कडा सजायको ब्यवस्था कानुनका ती पानामा मात्रै होईन । सहि रुपमा लागू भएमा मात्रै छोरी जन्माउन डराउने आमाको डर कम हुन सक्छ । छोरी लाई मनोरञ्जनको सामान होईन सम्मानको रुपमा हेर्न सिके मात्रै परिवर्तन आउँछ । तब मात्रै आमाबुबा छोरी जन्मदा डराउने होईन रमाउने गर्छन् ।









