शसिन्द्र गौतम
मयूरको नाँचले जो कोहिलाई पनि आनन्दित बनाउँछ । हेर्दै सुन्दर देखिने मयूर चरा साँच्चै नै प्रकृतिको उपहार हो । हुनपनि प्वाँख फिजाएर नाच्ने मयूरको नृत्यको दृश्य मनमोहक हुन्छ ।
विभिन्न हिन्दु ग्रन्थहरूमा पनि पवित्र चरा मयूरको राम्रो व्याख्या गरिएको पाइन्छ। यो चरा नेपालको बर्दिया राष्ट्रिय निकुञ्जमा अलि प्रशस्तै पाईने गर्दछ ।
बर्दिया राष्ट्रिय निकुञ्ज घुम्ने क्रममा हामीलाई मयूरले यसरी स्वागत गर्यो कि झन्डै १० मिनेट बाटो नै छोडेन। मयूर अघि अघि हाम्रो सफारी पछि-पछि। अन्त्यमा हामी आफैंले मयूरलाई उडाउन बिवस भयौं।





[sidebar name="button post"]









