के तपाईंलाई आयोडिनको कमी भएको छ ? जान्नुहोस् यस्ता छन् लक्षण

आयोडिन नुनको माध्यमबाट पाउने गरिन्छ । यसले गर्दा आयोडिन कमी भएको खबर कमै सुनिन्छ । तर पनि कयौँ मानिस यसको कमीबाट पीडित रहेका छन् । अमेरिकाको थाइराइड एसोसिएसनका अनुसार विश्वका करिब ३० प्रतिशत मानिसमा आयोडिनको कमी हुने खतरा छ । आयोडिनको कमी भए विभिन्न लक्षण देखा पर्छन् ।

१. काम गर्न गाह्रो हुने :

कतिपय मानिसमा आयोडिनको कमीले मानसिक समस्या पनि निम्तिने गर्छ । यसले कार्यस्थलमा असर गर्छ ।

२. थकान महसुस हुनु :

आयोडिनले थायरोक्सिन तथा ट्राइआयोडायरोनिन जस्ता थायरोइड हर्मोन उत्पादन गर्न सहयोग गर्ने विज्ञहरूको भनाई छ । हाइपोथायारायडिज्ममा थायरोइड असमान्य रुपमा निष्क्रिय भएर जान्छ साथै यस हर्मोनको कमीका कारण शरीरले सही तरिकामा काम गर्न पाउँदैन । यसको कमीले हर समय थकान महसुस हुने, वजन बढेर जाने आदि समस्या निम्त्याउँछ ।

३. फुस्रो छाला तथा कपाल झर्नु :

आयोडिनको कमीले कपाल झर्ने तथा छाला फुस्रो हुने समस्या हुन्छ । कतिपय मानिसमा मांशपेसी दुख्ने समस्या पनि हुन्छ । विज्ञका अनुसार हाइपोथायारायडिज्म हुने सम्भावना पुरुषको तुलनामा महिलामा ८ गुणा बढी हुन्छ । यो जुनसुकै उमेरका महिलामा हुन सक्छ । तर महिनावारी रोकिएपछि यो समस्या धेरै हुने गर्छ ।

४. गर्भवती अवस्थामा गाह्रो महसुस हुनु :

गर्भवती अवस्थामा थाइरोयड हर्मोनको जरुरत हुन्छ । शरीरभित्र यो पर्याप्त मात्रामा उत्पादन नभएमा गर्भवती महिलालाई गाह्रो हुने तथा गर्भपतनको खतरासमेत हुन्छ । विज्ञहरूका अनुसार आयोडिन कमीले बच्चा जन्मिएमा लुलो लंगडो जन्मिने हुन सक्छ । त्यस्तै मानसिक अवस्था कमजोर हुनसक्छ ।

५. गर्दनमा गाँठागुँठी आउनु :

थाइराइड ग्रन्थी गलगाँडमा गाँठागुँठी परेर गाँठो बढ्दै जानु आयोडिन कमीको प्रमुख लक्षण हो । यो स्पष्ट हुन्छ । यो गाँठो बढेर घाँटीभरिको पनि हुन सक्छ । यो तयारी खाना धेरै खाने वा त्यसैमा निर्भर हुने मानिसमा बढी हुने गर्छ ।

६. सुतेको बेला श्वास फेर्न गाह्रो हुनु :

गाँठागुँठी भएपछि श्वास फेर्न गाह्रो हुन्छ । यस्तो पल्टिएको बेला वा सुतेको बेला हुने गर्छ । श्वास लिँदा घिटिक घिटिक ठोक्एिजस्तो हुन्छ ।

[sidebar name="button post"]