विश्वभरी जुम्ल्याहा शिशुको जन्म बढ्दै जानुका यस्ता रहेछन् कारण

अनुसन्धानकर्ताहरुका अनुसार जुम्ल्याहा शिशुको जन्म विश्वभरी नै बढ्दै गएको बताएका छन् । विश्वमा वर्षेनी १६ लाख जुम्ल्याहा शिशु जन्मने गरेका छन् । प्रत्येक ४२ जन्ममध्ये एक जन्म जुम्ल्याहा शिशुको हुने गरेको छ ।

अनुसन्धानकर्ताहरुका अनुसार महिलाहरुले पाको उमेरमा सन्तान जन्माउँदा र आइभीएफ प्रविधिबाट सन्तान जन्माउदा जुम्ल्याहा जन्म बढ्दै गएको ठम्याई छ । सन्तानभन्दा पहिला काम र आफ्नो भविष्यमा केन्द्रित हुँदा महिलाहरुको प्रजनन शक्तिमा ह्रास आउने र पछि कृत्रिम गर्भाधान (आइभीएफ) प्रविधिलाई रोज्दा जुम्ल्याहा शिशु हुने सम्भवानालाई बढाएको तर्क अनुसन्धानकर्ताहरुको छ । तर एक जुम्ल्याहा शिशुको जन्म भन्दा, एक शिशुको जन्म कयौं गुणा सुरक्षित रहेको उनीहरुहरुको भनाई छ ।

गर्भमा जुम्ल्याहा शिशु हुँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा रहने भएकाले मृत्युदरको खतरा उत्तिकै रहेको अनुसन्धानमा भनिएको छ । अनुसन्धाकर्ताहरुले जुम्ल्याहा शिशुहरुको जन्मको अवस्थाबारे गरेको अध्ययनबाट मध्यम तथा कम आय भएका देशमा धेरैजसो जुम्ल्याहा शिशुलाई जोगाउन नसक्ने पाइयो ।

अफ्रिकाका शवशहारामा जन्म भएको एक वर्षभित्र धेरै आमावुवाले आफ्नो जुम्ल्याहा शिशुलाई गुमाउन परेको पनि पाइयो । त्यहाँ प्रतिवर्ष २ लाख जुम्ल्याहा शिशुको मृत्यु हुने गर्दछ । अहिले विश्वमा जुम्ल्याहा शिशुको जन्मको प्रवृति सन् १९८० यताकै उच्च बिन्दुमा रहेको छ । जुम्ल्याहा शिशुको जन्मदर एक तिहाइले बढेको छ ।

मानव प्रजनन सम्बन्धि जर्नलको रिपोर्टका अनुसार विश्वका सबै क्षेत्रमा जुम्ल्याहा शिशुको जन्म ३० वर्षयताकै उच्च छ । जुम्ल्याहा शिशुको जन्म एसियामा ३२ प्रतिशत र उत्तरी अमेरिकामा ७१ प्रतिशतले वृद्धि भएको छ ।

अनुसन्धानकर्ताहरुले सन् २०१० देखि २०१५ सम्म १६५ वटा देशमा जुम्ल्याहा शिशुबारे अध्ययन गरेका थिए । जुम्ल्याहा शिशुको जन्मदर प्रतिहजारमा हेर्दा सबैभन्दा धेरै यूरोप र उत्तरी अमेरिकामा छ । तर अफ्रिकामा ३० वर्षदेखि नै जुम्ल्याहा शिशुको जन्म अधिक दरमा अहिले पनि उस्तै छ ।

अक्सफोर्ड यूनिभर्सिटिका प्रोफेसर एवं एक अध्ययनकर्ता क्रिस्टियन मोन्डेनले अन्य देशमा भन्दा अफ्रिकामा जुम्ल्याहा शिशु जन्मने दर धेरै हुनुमा त्यहाँका मानिसमा अन्य मानिसको तुलनामा अण्डाको मात्रा धेरै हुनु हो । जुम्ल्याहा शिशु २ छुट्टा–छुट्टै अण्डाबाट हुन्छ ।

एकै पटक गर्भमा २ शिशु हुँदा समय अगावै जन्म हुने तथा शिशुको तौल र उचाई कम हुने जोखिम रहने मोन्डेनले बताउनुभयो । अफ्रिका र एसियामा गरि जुम्ल्याहा शिशुको जन्मको हिस्सा ८० प्रतिशत रहेको छ ।

[sidebar name="button post"]