सोमबार सुनको मूल्य तोलामा २०० ले वृद्धि

१६ चैत्र, काठमाण्डौ। सोमबार नेपाली बजारमा सुनको भाउ रु २०० ले बढेको छ । शुक्रबार ८६ हजार ३०० सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबारका लागि ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

सुनचाँदी व्यवसायी महासंघकाअनुसार तेजावी सुनको भाउ प्रतितोला ८६ हजार ५० रुपैयाँ तोकिएको छ । शुक्रबार तेजावी सुनको प्रतितोला भाउ ८५ हजार ८५० रुपैयाँ थियो ।

हिजो फागु पर्वको अवसरमा सार्वजनिक बिदा दिइएकाले सुनको भाउ निर्धारण गरिएको थिएन । त्यस्तै आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँमा घटेको छ । आज चाँदी तोलामा १२ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

[sidebar name="button post"]