Ad #144479

आजका मुख्य समाचारमा

प्रधानमन्त्री ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् ।

विप्लवका नेता, कार्यकर्ता पक्राउ नगर्न गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले विप्लवका नेता, कार्यकर्ता पक्राउ नगर्न सरकारको निर्देशन दिएको छ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ विप्लव समूहका नेता, कार्यकर्तामाथिको धरपकडलाई रोक्न सरकारले प्रहरीलाई निर्देशन दिएको हो ।

बलात्कार घटनाका आरोपित पक्राउ

एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु चन्द समूह सकारात्मक : डा महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताउनुभएको छ ।

परिवार र आफन्तबाटै हुने आपराधिक घटनाबाट जोगिन गाह्रो

केही आपराधिक घटना परिवार र आफन्तबाटै हुने गरेकोे छ । जिल्ला प्रहरी कार्यालयले पाटन र मैलौली नगरपालिकामा आयोजित छुट्टै-छुट्टै कार्यक्रममा ‘नागरिक सुनुवाई’ कार्यक्रममा प्रहरीले यस्तो जानकारी दिएको हो

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी नाग्यो

दक्षिण कोरियामा गत २४ घण्टाभित्र ४२४ जना कोरोना भाइरस सङ्क्रमितको संख्या थपिएपछि कुल सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी भएको छ ।

म्यान्मारमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एकै दिन ३८ जनाको मृत्यु

म्यान्मारको सेनाले सत्ता लिएको विरोधमा सहभागी प्रजातन्त्रवादी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर बुधबार एकै दिन कम्तीमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

स्वीडेनमा अन्धाधुन्ध छुरा प्रहार, सात घाइते

स्वीडेनको भेटल्यान्डा शहरमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गरी कम्तीमा सात व्यक्तिलाई घाइते बनाएका छन् । प्रहरीले उक्त घटनालाई शंकास्पद आतंकवादी आक्रमण भन्दै अनुसन्धान शुरु गरेको छ ।

नेकपा प्रचण्ड-माधव समूह फेरि निर्वाचन आयोग जाँदै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूह फेरि निर्वाचन आयोग जाने तयारी गरिरहेको छ । व्यवहारिक रूपमा पार्टी विभाजन भएता पनि कानुनी हिसाबले नेकपा अहिले पनि एउटै पार्टी भएकाे कुरा यस अघि नै निर्वाचन आयाेगले बताइसकेकाे छ ।

अब कोही पनि भूमिहीन भएर बस्न पर्दैन् : अध्यक्ष ज्ञवाली

भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने सम्पूर्ण जिम्मेवारी आयोगको रहेको बताउनुभएको छ ।

परीक्षाको निगरानी गर्न अब त्रिविले परीक्षा केन्द्रमा सीसी क्यामेरा राख्ने

त्रिभुवन विश्वविद्यालयले आफ्नो परीक्षा केन्द्रमा सीसी क्यामेरा राख्ने भएको छ ।वार्षिक परीक्षा प्रणाली अनुसारका परीक्षा केन्द्रमा चैत २० गतेभित्र सीसी क्यामेरा जडान गर्न त्रिविको परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको हो।

कांग्रेसले आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताउनुभएको छ ।

रेमिट्यान्सको दुरुपयोगले सम्बन्धविच्छेदका घटना बढ्दै

बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ ।

आज देशभरका अदालत बन्द

सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ ।

आज फागुन २० गते बिहिबार कस्तो छ तपाईंको राशिफल ?

आज मिति वि सं २०७७ साल फागुन २० गते बिहिबार। आजको तपाईंको राशिफल