२० फागुन, काठमाण्डौ। नेकपाको प्रचण्ड–माधव समूह बिहीबार निर्वाचन आयोग पुगेको छ । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन प्रचण्ड–माधव समूह आयोग गएको हो । अहिले आयोगमा नेताहरु राजेन्द्र पाण्डे र लीलामणि पोखरेल छन् ।
पार्टीको आधिकारिकता दावी गर्दै दिएको पत्रबारे छिटो निर्णय गर्न दबाब दिने र प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयबारे जानकारी गराउन उनीहरु आयोग गएका हुन् ।
प्रचण्ड–माधव समूहका नेताहरु देव गुरुङ र पम्फा भुसाल भने बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न सिंहदरबारस्थित संसद सचिवालय गएका छन् । प्रचण्ड–माधव समूहले गरेको संसदीय दलको बैठकको निर्णय जानकारी गराउन उनीहरु सभामुखसमक्ष गएका हुन् ।
[sidebar name="button post"]











