२० फागुन, काठमाण्डौ। पछिल्लो २४ घन्टामा नेपालमा थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ५५३६ नमूना परीक्षण गर्दा १०७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ४८८ पुगेको छ। पछिल्लो २४ घन्टामा ७८ जना निको भएर घर फर्किएका छन्। यससंगै कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ६८३ पुगेको छ।
निको हुने दर ९८.६ प्रतिशत पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ।
गएको २४ घन्टामा काठमाण्डौ उपत्यकामा थप ४९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौका ४६, ललितपुरका २ तथा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।












